Byroad News

Loading...

एमाले अधिवेशन: थाहाका १२ वटा वडाको अधिवेशन सम्पन्न


एमाले अधिवेशन: थाहाका १२ वटा वडाको अधिवेशन सम्पन्न

थाहानगर/६ कात्तिक
नेकपा एमालेले थाहा नगरपालिकाको १२ वटै वडामा वडा अधिवेशन सम्पन्न गरी वडा कमिटीहरु गरेको छ । 

एमालेको विधान महाधिवेशनले पारित गरेको विधान र केन्द्रीय कमिटीको सर्कुलर अनुसार थाहा नगरका सबै वडामा शनिबार वडा अधिवेशनहरु सम्पन्न गरेको हो ।

थाहा नगरमा १२ वटै वडामा गरी ३७२ जना पार्टी सदस्यहरु वडा कमिटीमा आवद्ध भएका छन् । विधान अनुसार वडा अधिवेशनबाट प्रत्येक वडामा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिवसहित ३१ सदस्यीय वडा कमिटी गठन गरिएको एमाले थाहा नगरका सचिव कुमार नेगीले जानकारी दिनुभयो ।

थाहाको १ नम्बरमा गोविन्द गोपाली, २ नम्बरमा केदार बिडारी, ३ नम्बरमा केदार बिष्ट, ४ नम्बरमा रामराजा केसी, ५ नम्बरमा श्यामसुन्दर भोम्जन र ६ नम्बरमा सौगात बलामी एमालेको वडा कमिटी अध्यक्ष चयन भएका छन् । त्यसैगरी वडा नम्बर ७ मा शम्भु खत्री, वडा नम्बर ८ मा रविन्द्र सापकोटा, वडा नम्बर ९ मा रामकृष्ण कपाली, १० मा विनोद बस्नेत, ११ मा सूर्यबहादुर दोङ र १२ मा मनन स्याङ्तान चिनिनु भएको छ ।

एमाले थाहाका अध्यक्ष अच्युत्तमप्रसाद ढकालका अनुसार थाहाका सबै वडामा सर्वसम्मत् कमिटी चयन गरिएको हो । वडा अधिवेशन सम्पन्न गराउन एमालेका जिल्ला कमिटीका सदस्यहरु र नगर कमिटीका सदस्यहरु खटाइएको अध्यक्ष ढकालले बताउनु भयो । अधिवेशनले कात्तिक १३ गते हुने नगर अधिवेशनका लागि प्रतिनिधि समेत सर्वसम्मत निर्वाचित गरेको छ । नगरभरी ८२१ जना संगठित सदस्य रहेको एमालेले खुल्लातर्फ ५ सदस्य बराबर १ प्रतिनिधि, २ महिला बराबर १ र २ दलित बराबर १ प्रतिनिधि हुने व्यवस्था अनुसार सबै वडाहरुबाट प्रतिनिधि छनौट गरिएको जनाएको छ । नगर अधिवेशन आयोजक कमिटीका सदस्यहरु, जनप्रतिनिधिहरु स्वत प्रतिनिधि हुने व्यवस्था अनुसार आगामी कात्तिक १३ गते हुने नगर अधिवेशनमा ३३७ जना प्रतिनिधिले सहभागिता जनाउने अनुमान गरिएको छ ।

Comments

KATHMANDU WEATHER