Byroad News

Loading...

एमाले अधिवेशन: आज थाहानगरका सबै वडाहरुमा वडा कमिटी गठनसहित प्रतिनिधि छनौट गर्दै, सबैमा सर्वसम्मत हुने


एमाले अधिवेशन: आज थाहानगरका सबै वडाहरुमा वडा कमिटी गठनसहित प्रतिनिधि छनौट गर्दै, सबैमा सर्वसम्मत हुने

थाहानगर/६ कात्तिक
नेकपा एमालेको केन्द्रीय सर्कुलर अनुसार आज बाढी पहिरो प्रभावित क्षेत्रहरु बाहेक देशैभरि वडा अधिवेशन सम्पन्न हुँदैछ । सर्कुलर अनुसार मकवानपुरको थाहा नगरपालिकाका सबै वडाहरुमा पनि आजै अधिवेशनहरु तय गरिएको नगर सचिव कुमार नेगीले जानकारी दिनुभयो ।

केही वडाहरुमा अहिले विहानै अधिवेशन सप्पन्न भइसकेको छभने केही वडाहरुमा अहिले दिउसो अधिवेशन हुनेछ । विहान सम्पन्न वडा नम्बर १, २, ३, ६ मा सर्वसम्मत रुपले वडा कमिटी गठन भएका छन् भने ५ संगठित सदस्य बराबर १, २ संगठित दलित सदस्यमध्ये १, २ महिला सदस्य मध्ये १ प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन् । अन्य वडाहरुमा अहिले ११ बजेदेखि अधिवेशन हुने सचिव नेगीले जानकारी दिनुभयो । 

एमाले थाहानगरमा कुल ८२१ संगठित सदस्य छन् । यस पटक सदस्यता नवीकरणका लागि पनि एमालेले फोटोसहित अनिवार्य रुपले फारम भरेर सदस्यता नवीकरण गर्न निर्देशन गरेको छ । नवीकरण गर्दा मृत्यु भइसकेका, पार्टीको गतिबिधिको बिरुद्द लागेका तथा अन्य पार्टीमा लागिसकेकाहरुको नामनामेसी हटाएर पठाउन निर्देशन गरेको छ ।

वडा अधिवेशनका अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट जुम मार्फत सम्बोधन गर्ने कार्यक्रम छ । 

अन्य जिल्लाहरुमा कात्तिक ९ गते पालिका अधिवेशन गरिने भएपनि एमाले मकवानपुरले भने सोही दिन मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम रहेकाले कात्तिक १३ गते अधिवेशन तोकिएको छ ।

Comments

KATHMANDU WEATHER