काठमाडौं/५ कात्तिक
एमाले केन्द्रीय कार्यालयले कात्तिक ६ गते हुने वडा र ९ गते हुने पालिका तहको अधिवेशन तामझामसहित गर्न निर्देशन दिएको छ।
बिहीबार पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले स्थानीय तहको अधिवेशनका लागि आठ बुँदे विशेष परिपत्र जारी गरेर यस्तो निर्देशन दिनु भएको हो । निर्देशनमा वडा र पालिका तहको अधिवेशनलाई सकेसम्म भव्य बनाउन भनिएको छ।
जति सक्यो धेरै जनसहभागितामा अधिवेशन गर्न सचिव तामाङले जारी गरेको निर्देशनमा उल्लेख छ। उक्त निर्देशनमा भनिएको छ, ‘अधिवेशनहरु गर्दा भव्यतापूर्वक सकेसम्म जनसहभागितामा गर्ने।’ अधिवेशनका बारेमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्न निर्देशन दिइएको छ।
शनिबार वडा अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुनेछ ।
इन्टरनेटको सुविधा भएका वडाहरुलाई जुममार्फत जोडेर ओलीले पार्टी कार्यालयबाट उद्घाटन गर्ने तयारी भएको सचिव तामाङले बताउनु भयो। अध्यक्ष ओलीको सम्बोधनलाई स्पिकरमार्फत अधिवेशन परिसरमा सुनाउन निर्देशन दिइएको छ।
वडा र पालिका तहको अधिवेशन गर्दा अनिवार्य रुपमा जिल्ला कमिटीका पदाधिकारी वा सदस्यको उपस्थितिमा गर्न भनिएको छ। जिल्ला कमिटीका नेताहरुलाई वडा र पालिका तहको अधिवेशनमा सहजीकरणको भूमिका खेल्नुपर्ने निर्देशनमा जनाइएको छ।
त्यस्तै नेतृत्व चयन गर्दा सकेसम्म सर्वसहमत रुपमा गर्न र आवश्यक परेमा मात्रै निर्वाचनको प्रक्रिया अवलम्बन गर्न तामाङले अध्यक्ष ओलीको निर्देशनमा परिपत्र जारी गर्नु भएको छ ।
वडा तथा पालिकाको अधिवेशनको संख्या निर्धारण गर्दा संविधान जारी भएपछि र राज्य पुनर्संरचना भएपछि अधिवेशन आयोजना गरिएकाले पहिलो अधिवेशन मान्न र त्यसैअनुसार व्यानरको व्यवस्था गर्न निर्देशन दिइएको छ।
सचिव तामाङले अधिवेशनपश्चात चयन भएका पदाधिकारीसहित कमिटीको फोन नम्बर र ईमेलसहित नामावली तत्काल जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा उपलब्ध गराउन परिपत्र जारी गर्नु भएको छ ।
-
7 hours agoथाहाको बजेट ९१ करोड
-
1 day agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments