Byroad News

Loading...

एमाले प्रदेशसभाको बैठकमा सहभागी हुँदैे, मुख्यमन्त्रीले विश्वासको मत लिदै


एमाले प्रदेशसभाको बैठकमा सहभागी हुँदैे, मुख्यमन्त्रीले विश्वासको मत लिदै

हेटौंडा/४ कात्तिक
बागमती प्रदेशसभाको आज विहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सत्तारुढ नेकपा एमाले सहभागी हुने भएको छ ।

एमालेले पार्टीको कात्तिक ६ गते हुने वडास्तरीय र ९ गते हुने स्थानीय तहको अधिवेशनका कारण प्रदेशसभाको बैठकमा सांसदहरु उपस्थित हुन नसक्नेभन्दै बैठकमा सहभागी नहुने बताएको थियो । तर, मन्त्रीहरुको दबाबपश्चात् मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रदेशसभाको बैठकमा सहभागी हुन राजी हुनु भएको हो । 

अल्पमतमा रहनु भएका मुख्यमन्त्री शाक्यले आजको बैठकबाट विश्वासको मत लिने प्रक्रिया सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले पनि विश्वासको मत विभाजनका लागि आवश्यक तयारी गरिसकेको छ । 

मुख्यमन्त्री शाक्यले गत असोज २४ गतेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव गर्नु भएको थियो । तर, विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो नलागउँदा दलहरुबीचको सहमतिमा प्रदेशसभाको बैठक सारिएको थियो । एमाले विभाजनमा १३ सांसदले नवगठित नेकपा एकीकृत समाजबादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नु भएको थियो । 

आजको बैठक सार्न एमालेले सभामुखलाई आधिकारीक पत्र पठाएको थियो । तर, विपक्षीको निरन्तर दबाबपश्चात् सभामुख सानुकुमार श्रेष्ठले बैठक सार्न सक्नु भएन । 

Comments

KATHMANDU WEATHER