Byroad News

Loading...

दुई किशोर बेपत्ता, खोजीका लागि सहयोग गरिदिन परिवारको आग्रह


दुई किशोर बेपत्ता, खोजीका लागि सहयोग गरिदिन परिवारको आग्रह

चितवन/४ कात्तिक
चितवनको यज्ञपुरीका दुई किशोर बुधबारदेखि बेपत्ता भएका छन्। 

यज्ञपुरीमा बस्दै आएका सन्दीप खनाल र उनका साथी बुधबार घर नआएपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन्। परिवार, साथीभाइ तथा आफन्तकहाँ खोज्दा पनि नभेटेपछि परिवारले प्रहरीमा निवेदन दिएको हो।

बुधबार दिउँसो मध्यान्हतिर सन्दीपले साथीसँग फोटो खिचाउन जान्छु भनेको र त्यसपछि नफर्किएको आमा सीता खनालले बताउनु भयो । ‘हिजो दिउँसो साथीसँग फोटो खिचाउन जान्छु भन्यो, मैले पानी परेको छ नजा भनें,’ सीताले भन्नुभयो, ‘छाता लिएर गएको थियो, रातिसम्म नफर्केपछि प्रहरीमा खबर गरेका छौं।’

उहाँले नारायणगढस्थित पुल्चोक वडा प्रहरी कार्यालयमा निवेदन दिइएको बताउनु भयो । गोरखाका सन्दीप आमा र दाइसँग बस्छन्। उनी १० कक्षामा पढ्छन्। फोन बिग्रेका कारण सन्दीपले फोन नलगेको तर उनका साथीले भने सिम घरमै राखेर मोबाइलमात्र बोकेको थाहा पाएको सीताले बताउनु भयो । 

Comments

KATHMANDU WEATHER