काठमाडौं/३ कात्तिक
विगत चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २७ र घाइते हुनेको संख्या २२ पुगेको छ ।
गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु भएको छ्भने ६ जना घाइते भएका छन् ।
पाँचथरपछि बढी मानवीय क्षति हुने जिल्ला इलाम बनेको छ । इलाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छभने २ जना घाइते भएका छन् । ३ जना बेपत्ता छन् ।
यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।
यस्तै पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।
यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २-२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक/एक जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५/५, बैतडी र इलाममा २/२, कालीकोट र डडेलधुरामा एक/एक जना घाइते भएका छन् भने बझाङमा २१, इलाममा ३, प्युठानमा २ र जुम्लामा १ जना बेपत्ता भएका छन् ।
-
7 hours agoथाहाको बजेट ९१ करोड
-
1 day agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments