हेटौंडा/३ कात्तिक
बागमती प्रदेशको भोलि कात्तिक ४ गते बस्ने प्रदेशसभाको बैठक सार्न नेकपा एमालेले प्रदेशसभा सचिवालयसमक्ष प्रस्ताव गरेको छ।
लिखित पत्र पठाउँदै एमालेले भोलि बिहीबार हुने प्रदेशसभाको बैठक सार्न सचिवालयलाई आग्रह गरेको हो।
नेकपा एमालेले बैठक सार्न आग्रह गर्दै बुधबार बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र पठाएको हो ।
एमालेले पार्टीको वडा र पालिका अधिवेशनको कारण देखाउँदै प्रदेशसभा बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु उपस्थित हुन नसक्ने भएकाले आगामी कात्तिक ११ गतेका लागि प्रदेशसभा बैठक सार्न सभामुख समक्ष आग्रह गर्दै पत्र पठाएको हो ।
नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन कात्तिक ९ गते हुँदैछ ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments