Byroad News

Loading...

बुलेटबाटै ग्याँस सिलिन्डर भरेर बेच्ने पक्राउ


बुलेटबाटै ग्याँस सिलिन्डर भरेर बेच्ने पक्राउ

थाहानगर/३ कात्तिक
चालकसङ्ग मिलेर बुलेटबाटै ग्याँस चोरी गर्ने मकवनपुर मनहरीका एक होटल संचालक र दुई जना बुलेट चालकलाई आज मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मनहरी गाउँपालिका ६ नयाँबस्तीस्थित वर्ष ४३ का होटल सन्चालक भरत कार्की, बुलेट चालकहरु चुनु कुमार र बिपिन कुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उनीहरुले बुलेट ग्यास ट्याङ्करबाट सिलिण्डरमा ग्यास भरी उक्त ग्यास सिलिन्डर गाउँ घरमा बेच्ने गरेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीले पक्राउ गरेको हो । प्रहरीले कार्कीको होटलबाट बिभिन्न कम्पनीको खाली सिलिण्डर १८ थान र भरेको १३ थान गरी ३१ थान, ग्याँस बोक्ने गाडी एन एल ओ १ एन ०१३१ का चालक चुनु कुमार र यु पि एन एल ओ ७० बिटी ९९९६ नम्बरका बुलेट चालक बिपिन कुमारलाई नियन्त्रणमा लिइएको प्रहरेले जनाएको छ । 

Comments

KATHMANDU WEATHER