थाहानगर/३ कात्तिक
नेकपा एमाले मकवानपुरले सार्वजनिक गरेको पालिका अधिवेशनको मिति अनुसार थाहानगर अधिवेशन कात्तिक १३ गते गर्ने निर्णय गरेको छ ।
थाहानगर अधिवेशन आयोजक कमिटीको बुधबार बसेको बैठकले कात्तिक १३ गते शनिबार नगर अधिवेशन गर्ने निर्णय गरेको हो ।
अधिवेशनमा आयोजक कमिटीका ७५ जना, निर्वाचित जनप्रतिनिधि सबै, प्रत्येक वडाबाट २ संगठित सदस्य बराबर १, २ महिला बराबर १ र अन्यबाट कुल संगठित सदस्य संख्याको २० प्रतिशत अर्थात ५ बराबर १ प्रतिनिधि छनौट गर्ने निर्णय भएको नगर सचिव कुमार नेगीले जानकारी दिनुभयो । नेगीका अनुसार नगर अधिवेशनमा कुल ३३८ जना जना प्रतिनिधिले भाग लिनेछ ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव सहित कुल ७५ सदस्यीय नगर कमिटी गठन गर्ने विधानमा व्यवस्था छ ।
बैठकले नगर अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । बैठकले कात्तिक ५ गतेभित्र सदस्यता नवीकरण गरि सबै वडाहरुको अधिवेशन कात्तिक ६ गते सम्पन्न गरि प्रतिनिधि छनौट गरि नगर अधिवेशन कमिटीमा बुझाउन सर्कुलर समेत गरेको सचिव नेगीले जानकारी दिनुभयो ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments