काठमाडौं/१ कात्तिक
बागमती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।
जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपियाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ ।
यस्तै १० किमिसम्म २३ रुपियाँ १५ किमिसम्म २७ रुपियाँ, २० किमिसम्म ३० रुपियाँ र २० किमिभन्दा माथि ३५ रुपियाँ भाडा लाग्नेछ ।
यस्तै उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ किलोसम्म निःशुल्क र त्यसमाथि १० किलोसम्म प्रतिकिलो ५ रुपियाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments