Byroad News

Loading...

सिस्नेरी सुमो दुर्घटना: २ जनाको मृत्यु


सिस्नेरी सुमो दुर्घटना: २ जनाको मृत्यु

सिस्नेरी/३१ असोज
मकवानपुरमा हिजो भएको सुमो दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा हिजो शनिबार दिउँसो ३ बजे दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया-७ का ४५ वर्षीय राम सहनीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते चार जनाको ललितपुरस्थित स्टार अस्पतालमा उपचार भैरहेको छ । अन्य ४ जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।

Comments

KATHMANDU WEATHER