सिस्नेरी/३० असोज
हेटौंडा-काठमाडौं छोटो दुरीको मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरमा आज दिउँसो ३ बजे टाटासुमो दुर्घटना भएको छ ।
बीरगञ्जका लागि काठमाडौँबाट छुटेको ना १ ज ४५११ नम्बरको सुमो खानिखेत - सिस्नेरी खण्डमा सडकबाट भीरबाट ४० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ रहेको छ । तीव्र गतिका कारण सवारी दुर्घटना भएको अनुमान गरिएको छ ।
सुमोमा सवार घाइते यात्रुहरुले बताएको स्थानीय सञ्चारकर्मी सन्तोष बानियाले थाहाटाइम्सलाई जानकारी दिए । घाइतेहरुलाई प्रहरी र स्थानीयले उद्दार गरि उपचारका लागि पठाइएको छ ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments