Byroad News

Loading...

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु


बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

हेटौंडा/३० असोज
हेटौंडा-१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।

शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा–१५ बस्ने १८ बर्षीय प्रकाश दियाली र हेटौंडा–३ का २२ बर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Comments

KATHMANDU WEATHER