Byroad News

Loading...

समाजसेवी अमात्यलाई पितृ शोक


समाजसेवी अमात्यलाई पितृ शोक

थाहानगर/३० असोज
थाहा नगरपालिका १ ओखर बजार निवासी समाजसेवी विवश अमात्यलाई पितृ शोक परेको छ ।

अमात्यका पिता दिलमान अमात्यको ८३ वर्षको उमेरमा हिजो २९ असोजको साँझ काठमाडौंमा निधन भएको हो । अमात्य लामो समयदेखि स्वासप्रस्वासको समस्याबाट बिरामी हुनुहुन्थ्यो । 

मृतकका छोरा विवश अमात्यले यस अघि नै स्वर्गीय आमा सुनमाया अमात्यको स्मृतिमा सुनमाया स्मृति प्रतिष्ठानको नामबाट समाजमा विभिन्न क्षेत्रका सहयोग गर्दै आउनु भएको थियो । अमात्य परिवारबाट सञ्चालित प्रतिष्ठानले नि:शुल्क ओखर बजार एम्बुलेन्स सञ्चालन अभियानमा पाँच लाख रुपियाँको अक्षय कोषको स्थापना गरेको थियो । यसका साथै प्रतिष्ठानले धार्मिक, साँस्कृतिक क्षेत्रमा समेत विभिन्न सहयोग पुर्याउदै आएको छ ।

Comments

KATHMANDU WEATHER