Byroad News

Loading...

जापानका प्रधानमन्त्रीद्वारा संसद विघटन, अक्टोबर ३१ मा आमनिर्वाचन


जापानका प्रधानमन्त्रीद्वारा संसद विघटन, अक्टोबर ३१ मा आमनिर्वाचन

एजेन्सी/२८ असोज
जापानका प्रधानमन्त्री फुकिओ किशिदाले आगामी आमनिर्वाचनका लागि संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन्। जापानी अधिकारीहरूले बिहीबार बसेको बैठकलगत्तै संसद विघटन भएको जानकारी दिएका हुन्।

त्यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ। प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ। त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ।

सत्तारूढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा जापानका प्रधानमन्त्री नियुक्त भएका थिए। लगत्तै उनले अर्काे आमनिर्वाचनको तयारी थालेका थिए।

किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले तुरून्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए।

प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम ल्याएका छन्।

उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरू कार्यान्वयन गर्न आमनिर्वाचनमा आमनागरिकको सहयोग आवश्यक रहेको बताएका छन्। देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रम ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदातासँग उनले आग्रह गरेका छन्।

Comments

KATHMANDU WEATHER