Byroad News

Loading...

विजयादशमीमा टीकाको साइत कति बेला?


विजयादशमीमा टीकाको साइत कति बेला?

थाहानगर/२७ असोज
यो वर्षको विजयादशीमामा टीका लगाउने साइत १० बजेर २ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो वर्ष बडादशैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रवार बिहान १० बजेर २ मिनेटमा रहेको छ । समितिका अनुसार  पूर्व फर्किएर मान्यजनको हातबाट टीका लगाउनु पर्दछ । समितिले टीका लगाएर मान्यजनका हातको टीका लगाउन अन्यत्र जानेहरुका लागि टीको साइत कुरिरहन नपर्ने बताएको छ ।

समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिन्छ ।  बिहीबार महानवमी पर्व रहेको छ । विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापना तथा देवीलाई विसर्जन गरिने साइत छ ।

Comments

KATHMANDU WEATHER