Byroad News

Loading...

बाजुरामा सुक्खा पहिरो, कर्णाली नदी थुनियो


बाजुरामा सुक्खा पहिरो, कर्णाली नदी थुनियो

बाजुरा/२६ असोज
बाजुरा क्षेत्रमा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ । सुक्खा पहिरो झरेर नदी थुनिएको हो ।

डीएसपी मदनदीप महराले स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘नदी थुनिएर एक किलोमिटर ड्याम बनेको छ । पहिरो खस्ने क्रम पनि जारी छ ।’

बिहान पूर्णरुपमा थुनिएको नदी अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको उहाँले जानकारी दिनुभयो।

Comments

KATHMANDU WEATHER