Byroad News

Loading...

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु


मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

मुगु/२६ असोज
मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।  प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा २३ जनाको मृत्यु भएको पुष्टि गर्नु भयो ।

‘ठूलो दुर्घटना भयो । बस टुक्राटुक्रा भयो । २३ जनाको लास भयो । धेरै घाइते छन् । घाइतेलाई विमानस्थलमा ल्याएका छौं र कतिपयलाई उद्दार गरिरहेका छौं, हामीले प्लेन र हेलिकप्टर मगाएका छौं’ उहाँले भन्नुभयो

उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिनुभयो ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो ।

 

Comments

KATHMANDU WEATHER