Byroad News

Loading...

मोतीपुर घटनामा ४ जनाको मृत्यु, २ दर्जनभन्दा बढी घाइते


मोतीपुर घटनामा ४ जनाको मृत्यु, २ दर्जनभन्दा बढी घाइते

बुटवल/२४ असोज
मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणको विषयमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । 

बुटवलमा निर्माणाधीन युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका लागि गएका ८ जना अतिक्रमणकारी र ५ प्रहरीमध्ये ४ जना अतिक्रमणकारीको मृत्यु भएको अस्पतालले जनाएको छ । 

चारै जनाको शव भैरहवा मेडिकल कलेजमा रहेको अस्पतालमा राखिएको जनाइएको छ । 

आइतबार दिउँसो औद्योगिक क्षेत्रमा घर टहरा बनाई बस्ने र प्रहरीबिच झडप हुँदा गोली चलेको थियो । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यु आदेश जारी गरेको थियो ।

प्रशासनका अनुसार पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिव नगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ स्थित औद्योगिक कोरिडोरसम्म निषेधाज्ञा जारी गरिएको छ ।

Comments

KATHMANDU WEATHER