Byroad News

Loading...

मन्त्री गजेन्द्रबहादुर हमालले बुझाए राजीनामा


मन्त्री गजेन्द्रबहादुर हमालले बुझाए राजीनामा

काठमाडौं/२४ असोज
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनु भएको छ ।

आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाउनु भएको हो ।  हमालको राजीनामा स्वीकृत भइसकेको छ ।

उहाँ शुक्रबार मन्त्री नियुक्त हुनु भएको हो । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुनुहुन्छ ।

मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा बुझाएको मन्त्री हमालले बताउनु भएको छ । 

Comments

KATHMANDU WEATHER