Byroad News

Loading...

उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा


उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा

काठमाडौं/२४ असोज
सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गर्नु भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आउनु भएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताउनु भएको हो ।

‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु,’ उहाँले भन्नुभयो । 

देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुनुहुन्छ ।

Comments

KATHMANDU WEATHER