Byroad News

Loading...

बागमतीमा प्रदेश सभा बैठक आज, विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, छिनोफानो दशैपछि


बागमतीमा प्रदेश सभा बैठक आज, विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, छिनोफानो दशैपछि

हेटौंडा/२४ असोज
बागमती प्रदेशमा आज (आइतबार) प्रदेश सभाको बैठक बस्ने भएको छ।

आइतबार अपराह्न ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।

यस्तै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने तयारी गर्नु भएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला मन्त्री रचना खड्काका अनुसार आज विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता भए पनि यसको छिनोफानो दसैँपछि हुनेछ।

‘आज प्रस्ताव दर्ता हुने हो। संसदीय प्रक्रियामा गएर मतदान भई छिनोफानो त दसैँपछि हुन्छ होला,’ खडकाले भन्नुभयो ।

बागमती प्रदेश सभा एक सय नौ सदस्यीय छ। मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद चाहिन्छ। तर सत्तारूढ नेकपा एमालेसँग जम्मा ४३ जना सांसद छन्। 

Comments

KATHMANDU WEATHER