हेटौंडा/२३ असोज
पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गर्दै २ सय ५८ जना नेकपा एमाले प्रवेश गरेका छन् ।
आज बकैया-६ को गौतम बुद्ध पर्यटन पार्कमा एमाले निकट राष्ट्रिय युवा संघ, बकैया कमिटीको गाउँपालिका स्तरीय भेलामा विभिन्न स्वतन्त्र व्यक्ति र विभिन्न पार्टी परित्याग गर्दै २ सय ५८ जना एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा बकैयाको विभिन्न वडाका रहेका छन् ।
प्रवेश गर्नेहरुमा बकैया-२ कांग्रेसका रमेश लोप्चन, उत्तर घिसिङ, सोम बहादुर घिसिङ, बकैया-३ राप्रपाका राजन दुलाल, माओवादी केन्द्रका मान बहादुर स्याङ्तान, कांग्रेसबाट मैयाँ कुमारी बस्नेत, संजय घलान, भिम बहादुर राउन, गोकुल बस्नेत, सम्झना तिमल्सिना, केदार घिसिङ, अमर बहादुर सत्याल, बकैया-४ माओवादी केन्द्रका संगम राई, बकैया-५ बाट फुलमाया मोक्तान, विकल थिङ, बकैया-६ बाट बाबुलाल थिङ, वीर बहादुर तामाङ, प्रेम बहादुर भोम्जन, मनमाया भोम्जन, पासाङ घिसिङ, बकैया-७ राप्रपाका इस्वर ढुंगेल, बकैया-८ बाट रोसन थोकर, जीवन थोकर, रोस लामा, प्रेमा बहादुर लोप्चन, दल बहादुर खड्का, स्वतन्त्रबाट विशाल प्रजा, विर बहादुर प्रजा, राजेश प्रजा लगाएत रहनु भएको छ ।
उनीहरुलाई भेलाका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, एमाले प्रदेश सदस्यहरु कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, कमल विष्ट, पद्मा पौडेल, जय बहादुर वाईवा, एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल, सचिवालय सदस्य दलबहादुर वाईवा लगाएतले स्वागत गर्नु भएको हो ।
नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको बृहत युवा भेलामा एमाले प्रदेश सदस्यहरु कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, कमल विष्ट, पद्मा पौडेल, जय बहादुर वाईवा, एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल, सचिवालय सदस्य दलबहादुर वाईवा, सदस्यहरु बेल प्रसाद हाहाल, दिल्ली दाहाल, कृष्ण चौलागाई, प्रेम बहादुर डिम्डुङ, राम बहादुर गोले, विषम बहादुर घलान, हरिहर खनाल, सरला बोलखे, राजन दंगाल, विश्वराज विकल, शिवराम ढकाल, सुस्मिता घोरासैनी, प्रदिप स्याङ्तान, राजकुमार तिमल्सिना, बुद्ध लोप्चन, राम बहादुर स्याङ्तान, केदारमान थिङ, मिलन पाठक, नरेन्द्र भण्डारी, मकवानपुर काठमाडौं एमाले सम्पर्क मंचका अध्यक्ष जगत लामा, बकैया अध्यक्ष गोपाल दाहाल, सचिव फुलमान भोम्जन, राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेती र सचिव कृष्ण लामिछाने लगाएतको आतिथ्यता रहको थियो ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments