Byroad News

Loading...

मउवासंघ अध्यक्षका उम्मेदवार न्यौपानेलाई पितृशोक


मउवासंघ अध्यक्षका उम्मेदवार न्यौपानेलाई पितृशोक

हेटौंडा/२२ असोज
मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य तथा ५४ औं वार्षिक साधारणसभा निर्वाचनमा अध्यक्षका प्रत्यासी राजकुमार न्यौपानेलाई पितृशोक परेको छ ।

न्यौपानेका बुवा ९० वर्षीय बज्र बहादुर न्यौपानेको आज बिहान आफ्नै घर हेटौंडा ९ मा निधन भएको परिवारले जानकारी दिएको छ ।

उहाँको निधनमा उद्योग वाणिज्य संघका पदाधिकारी तथा विभिन्न उद्योगी व्यवसायीहरुले श्रद्धाञ्‍जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्तिको कामनासहित समवेदना प्रकट गरेका छन् । न्यौपानेका दुई छोराहरुरु हुनुहुन्छ ।

Comments

KATHMANDU WEATHER