Byroad News

Loading...

एमाले मकवानपुरद्वारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न


एमाले मकवानपुरद्वारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

हेटौंडा/२२ असोज
नेकपा एमाले मकवानपुरले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

आज बिहान भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संस्कृति र परमपरा सबैको साझा पर्व रहेको बताउनु भयो ।

संस्कृतिका धरोहरहरुलाई बलियो बनाउनुपर्ने बताउँदै मुख्यमन्त्री शाक्यले विभेदरहित नेपाल निर्माणमा लाग्न आग्रह गर्नुभयो । उहाँले संस्कृति र परमपरा भनेको कुनै समुदायले भन्दा पनि सबैले साझा पर्वको रुपमा मनाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, मकवानपुरबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतकाको सहभागिता थियो ।

एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

Comments

KATHMANDU WEATHER