Byroad News

Loading...

नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा शुभकामना आदानप्रदान


नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा शुभकामना आदानप्रदान

थाहानगर/२१ असोज
नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिले वडा दशैको अवसरमा आज बिहीबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको अवसरमा नेकपा एमाले जिल्ला कमिटीका सदस्य सुरेन्द्रमान प्रधान, थाहा नगर कमिटी अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, नगर सचिव कुमार नेगी, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य बीरमान स्याङ्तान, नवराज अर्याल, झम्केश्वरी माविका प्रधानाध्यापक उद्धव आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रसरोवर गाउँ समितिका उपाध्यक्ष संरचना पुडासैनीले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।

वक्ताहरुले बिद्यालयहरुमा इमान्दार र कर्तव्यनिष्ठ शिक्षकहरुको खाचो रहेको बताउदै संगठनले शिक्षकहरुको हकहितमा समेत कृयाशील रहेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

संगठनका नगर अध्यक्ष रुपचन्द्र गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा भूमिराज अवस्थीले रिपोर्टिङ गर्नु भएको थियोभने हालसम्म संगठनले गरेका गतिविधिहरु सचिव कृष्ण प्रसाद लामिछानेले प्रस्तुत गर्नु भएको थियो ।

Comments

KATHMANDU WEATHER