हेटौंडा/२१ असोज
नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले बडादशैं, तिहार, नेपाल सम्बत, छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालको अध्यक्षता एवं बागमती प्रदेशको सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठलाई रेडक्रस अभियानमा महत्त्वपूर्ण योगदान दिएकोमा सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा रेडक्रसका आजीवन सदस्यहरुलाई आजीवन सदस्यताको प्रमाणपत्र समेत बितरण गरिएको नेरेसो हेटौंडाका सभापति दाहालले जानकारी दिनुभयो ।
हेटौंडा ४ पशुपति मन्दिरको सभाहलमा बिहीबार भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रताप बिष्ट तथा जिल्ला सभापति सुर्यचन्द्र न्यौपानेले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
हेटौंडा उपशाखाले हरेक वर्ष चार्डपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान एवं रेडक्रस परिचयात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको उपशाखाका कोषाध्यक्ष हिक्मत श्रेष्ठले जानकारी दिनुभयो ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments