काठमाडौं/१९ असोज
महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोरी र पाकटेमारसँग सम्बन्धित व्यक्तिले भरिएका छन् । परिसर र उसको मातहत गरी काठमाडौं प्रहरीको १५ हिरासत कक्ष छन् ।
पर्व लक्षित चलाएको विशेष अपरेसनमा काठमाडौं प्रहरीले दुई सय सात चोरी र पाकेटमारसँग सम्बन्धित व्यक्ति पक्राउ गरेको छ । २० दिनको अपरेसनपछि प्रहरीले ठूलो संख्यामा चोरी र पाकेटमारसँग सम्बन्धित अभियुक्त पक्राउ गरेको हो ।
उनीहरूमध्ये ४६ लाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाँकी एक सय ६१ विरुद्ध अनुसन्धान जारी छ । उनीहरूलाई अहिले मातहतका १५ हिरासत कक्षमा बाँडेर राखिएका छन् । पक्राउ पर्ने अभियुक्तको संख्या ठूलो, तर हिरासत कक्ष साँघुरो हुँदा उनीहरूको व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ ।
प्रहरीका अनुसार सबैभन्दा धेरै चोरी र पाकटेमार धन्दासँग सम्बन्धित अभियुक्त नयाँ बानेश्वर, महाराजगन्ज, बालाजु, बौद्ध, कलंकी क्षेत्रबाट पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अधिकांश सार्वजनिक बसका यात्रीलाई लुट्ने धन्दामा संलग्न रहेको देखिएको छ । बाँकी सुनसान घर तथा डेरा चोरी गर्ने र भिडभाडको फाइदा उठाउँदै लुट्ने धन्दामा संलग्न छन् ।
परिसरका अनुसार पक्राउमध्ये अधिकांश पटके र केही नयाँ चोर र पाकेटमार छन् । पटकेहरू अन्य विभिन्न अपराधमा पनि संलग्न रहेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । प्रहरीले राजधानीमा सक्रिय र निष्क्रिय सबै टोलेगुन्डा तथा डनका गतिविधिमाथि पनि निगरानी बढाएको छ । तर, उनीहरूलाई पक्राउ भने गरेको छैन ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments