Byroad News

Loading...

पूर्व सांसद इच्छाराज तामाङ पक्राउ


पूर्व सांसद इच्छाराज तामाङ पक्राउ

काठमाडौं/१९ असोज
पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल सहकारी अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख धिरतप्रताप सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा किटानी जाहेरी परेको छ । तामाङमाथि चिठ्ठा, घरकर्जा लगायतका आकर्षक अफर देखाएर ठगी गरेको तथा सहकारीको पैसा व्यक्तिगत र्फममा लगानी गरेको आरोप पनि छ ।

Comments

KATHMANDU WEATHER