थाहानगर/१९ असोज
थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीलाई मातृ शोक परेको छ ।
खत्रीकी आमा काइलीदेवी खत्रीको ७२ वर्षको उमेरमा हिजो (सोमबार) निधन भएको हो । उहाँको आफ्नै निवास थाहा ४ किटेनीमा निधन भएको थियो । उहाँ केही समय अघिदेखि टाउकोको रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
उहाँको मङ्गलबार त्रिवेणी धाम शंखमुलमा हिन्दू संस्कार अनुसार दाह संस्कार गरिएको छ ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments