हेटौंडा/१८ असोज
चाडपर्वको समयमा बजारमा देखिएको अत्याधिक मुल्यबृद्धि तथा अस्तब्यस्त बजारप्रति लक्षित गर्दै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन गरिरहेको छ ।
समितिले असोज ११ गतेदेखि सुरु गरेको बजार अनुगमनमा हेटौंडा उपमहानगरपालिका लगायत मकवानपुर जिल्लाका अन्य गाउँपालिकाको ९५ वटा खाद्यान्न तथा किराना पसल, होटल, रेष्टुरेन्ट र औषधि पसलमा अनुगमन गरेको छ । जसमा ५७ वटा खाद्यान्न तथा किराना पसल अनुगमन गर्दा खरिद बिल पेश नगरेको एक पसललाई १५ हजार रुपियाँ जरिवाना गरिएको जिप्रका मकवानपुरका प्रशासकिय अधिकृत गुणराज प्रसाद न्यौपानेले जानकारी दिनुभयो। अन्य पसललाई भने मुल्य सुचि प्रष्ट ठाउँमा राख्न साथै ग्राहकलाई बिल दिन र भिडभाड नगरि माक्स समेत प्रयोग गर्न सुझाव दिएको छ ।
अनुगमन समितिले २७ वटा होटल, रेष्टुरेन्ट लगायतको अनुगमन गर्दा सरसफाई र मुल्यसुचि नराखेको भन्दै एउटा होटललाई दश हजार रुपियाँ जरिवाना गरेको हो । साथै फर्मासिष्ट नराखि औषधि विक्री गर्ने एउटा औषधि पसलमा ताला लगाइएको र एउटा औषधि पसललाई १५ हजार रुपियाँ जरिवाना गरिएको जिप्रका मकवानपुरले जनाएको छ ।
बजारमा हुन सक्ने कृत्रिम अभाव,कालोवजारी तथा मूल्य बृद्धिलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । साथै उक्त किसिमका कृयाकलाप गरेको पाइएका जिप्रकामा खबर गरिदिन समेत अनुरोध गरेको छ ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments