Byroad News

Loading...

गाई काटेको आरोपमा पक्राउ परेकाहरुलाई धरौटीमा छोड्न अदालतको आदेश


गाई काटेको आरोपमा पक्राउ परेकाहरुलाई धरौटीमा छोड्न अदालतको आदेश

हेटौंडा/१८ असोज
मकवानपुरको बकैयामा गाई काटेको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा छोड्न आदेश दिएको छ ।

सोमबार न्यायाधीश कमलराज विष्टको इजालशले पक्राउ परेका १० जनामा ९ जनालाई जनही ४० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

यसैगरि पक्राउ १० जनामध्ये एक बालक रहेका र उनलाई अविभावकको जिम्मा लगाईएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

मकवानपुर प्रहरीले गएको असोज ३ गते बकैया-११ को स्वबिमा गाई काटेको आरोपमा घटनास्थलबाट ५० केजी गाईको मासुसहित १० जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा बकैया-११ कालिदमार बस्ने ३८ वर्षीय जनक बहादुर लो, सोहि स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रबिन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राज कुमार घलान, ४८ वर्षीय प्रलाद भक्त न्यासुर, च्याउ च्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सन्च माया भोलन, १६ वर्षीय सन्देश बिक, ४० वर्षीय सुन बहादुर तामाङ, ३६ वर्षीय फुल माया थिङ रहेका थिए । प्रहरीले पक्राउ परेको सबै जनामाथि गौवध सम्बन्धी मुद्दा चलाएको थियो ।

Comments

KATHMANDU WEATHER