थाहानगर/१७ असोज
वर्षातको कारण कुलेखानी जलाशयमा पानीको सतह बढेकोले इन्द्रसरोवर बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।
इन्द्रसरोवर गाउँपालिका र नेपाल विद्युत प्राधिकरण प्रथम जलविद्युत केन्द्रले छुट्टाछुट्टै सूचना प्रकाशित गरि सतर्क रहन आग्रह गरिएको हो ।
जलाशयमा पानीको सतह १५३० मिटर पुग्न लागेको र सतह भरिएर कुलेखानी नदिमा मिसिएकोले सम्भावित दूर्घटनाबाट बच्न सचेत गराइएको हो ।
पालिकाले सूचना जारी गर्दै नदि तथा खोला किनारामा नजान, असुरक्षित बसोबास गरिरहेका नागरिकहरुलाई सुरक्षित क्षेत्रतर्फ सर्न आग्रह गरेको छ ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments