काठमाडौं/१७ असोज
नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ ।
गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गर्नु भएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो ।
समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताउनु भयो । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने छ ।
विशेष महाधिवेशनमा कोषाध्यक्ष राख्नुपर्ने माग पनि उठेको थियो । तर उपमहासचिव पौडेलले यो आवश्यक नपर्ने बताउनु भयो । कोषाध्यक्ष पद राख्दा लोकप्रिय व्यक्ति त चुनिएर आउन सक्ने, तर विषयविज्ञ नहुनसक्ने भन्दै उहाँले आर्थिक विभाग प्रमुख नै राख्ने परम्परालाई निरन्तरता दिनुपर्ने उहाँको जोड छ ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments