थाहानगर/१६ असोज
नेकपा (माओवादी केन्द्र) सम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहानगर कमिटीको अध्यक्षमा मनोज रायमाझी चुनिनु भएको छ ।
असोज १६ गते भएको नगर सम्मेलनले रायमाझीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
संगठनको उपाध्यक्षहरुमा जंग बहादुर लामा, उर्मिला श्रेष्ठ, रामचन्द्र कार्की, सचिवमा निराजन गोपाली, अर्थ सचिवमा बिष्णुमाया हिम्डुङ, सह–सचिवमा राज कुमार मोक्तान चयन हुनु भएको छ ।
यसैगरी, आजै संगठनसङ्गै भएको नेपाल राष्ट्रिय प्राध्यापक संगठन मकवानपुरको जिल्ला सम्मेलनले श्याम बहादुर छत्कुलीको अध्यक्षतामा ३१ सदस्यीय प्राध्यापक मकवानपुर जिल्ला संगठन कमिटी सर्वसम्मत चयन गरेको छ ।
कमिटीको उपाध्यक्षहरुमा उत्तम अर्याल, किशोर न्यौपाने, राजीव कर्ण, राजन मिश्र, सचिवमा दीपक गौतम, सह–सचिवमा हरिकृष्ण कार्की, कोषाध्यक्षमा पवित्रा पाठक चुनिनु भएको छ ।
सम्मेलनमा एकीकृत शिक्षक संगठनको बिभिन्न भुमिकामा रहि कार्य गरेका ब्याक्तित्वहरुलाई सम्मान गरेको थियो ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments