Byroad News

Loading...

थाहा ४ मा माओबादी छोडी ५८ जना काङ्ग्रेस प्रवेश


थाहा ४ मा माओबादी छोडी ५८ जना काङ्ग्रेस प्रवेश

थाहानगर/१६ असोज
थाहा नगरपालिका वडा नम्बर ४ किटेनीबाट नेकपा माओवादी केन्द्र छोडेर ५८ जना काँग्रेस प्रवेश गरेका छन् । शनिबार भएको एक कार्यक्रममा ५८ जनाले काङ्ग्रेस प्रवेश गरेको नेपाली काङ्ग्रेसले जनाएको छ । सोही कार्यक्रमका बीच काँग्रेसको भातृ संगठन तरुण दलको वडा कमिटी गठन गरिएको छ । 

नेपाली काँग्रेस वडा सभापति श्रीकृष्ण केसीको सभाध्यक्षता तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् मकवानपुर जिल्ला कार्यसमितिका सल्लाहकार जयराम लामिछानेको प्रमुख आतिथ्यतामा किटेनीमा भएको कार्यक्रममा ५८ जना काँग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई प्रमुख अतिथि लामिछाने, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशी लगायतले पार्टीमा स्वागत गरेका थिए । वडा सभापति श्रीकृष्ण केसी लगायत स्थानीय काँग्रेस नेताहरुको पहलमा पार्टी प्रवेश गराइएको थियो ।

१६ असोजमै भएको कार्यक्रममा ५१ सदस्यीय नेपाल तरुण दल वडा कार्यसमिति गठन गरिएको छ । कार्यसमितिको सभापतिमा सौगात विष्ट रहेका छन् । विष्ट यसअघि नेकपा माओवादी केन्द्रमा आवद्ध थिए । 

तरुण दल समिति गठन तथा पार्टी प्रवेश कार्यक्रममा  काँग्रेस नेताहरु लामिछाने, पाठक, जोशी, प्रदेश निर्वाचन क्षेत्रीय सभापती सुजन गोपाली, ईश्वरनाथ पौडेल, भरत गोपाली लगायतको सहभागिता रहेको थियो । 

Comments

KATHMANDU WEATHER