Byroad News

Loading...

पोलिक्लिनिकमा प्रशासनको ताला


पोलिक्लिनिकमा प्रशासनको ताला

हेटौंडा/१६ असोज
हेटौंडास्थित राप्तिरोडमा संचालित गुराँस पोलिक्लिनिक तथा श्री साई फार्मेसीमा मकवानपुर जिल्ला प्रशासन कार्यलयले ताला लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा गुराँस पोलिक्लिनिकमा लाइसेन्स नभएको व्यक्तिले औषधि बिक्री वितरण गरिएको पाइएपछि प्रशासनले ताला लगाएको हो ।

संचालकले कर्मचारीको आवश्यक कागजपत्र देखाउन नसकेपछि ताला लगाइएको बताइएको छ । अनुगमनमा स्वास्थ्य कार्यालय, घरेलु कार्यालय, हेटौंडा उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुका साथै पत्रकारहरुको सहभागिता रहेको थियो ।

अनुगमनमा स्वास्थ्य कार्यालय, घरेलु कार्यालय, हेटौंडा उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुका साथै पत्रकारहरुको सहभागिता रहेको थियो ।

Comments

KATHMANDU WEATHER