भरतपुर/१६ असोज
सेवा प्रदायक कम्पनीले पोलको भाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले इन्टरनेटको तार काटिदिएको छ । तार काटिएका सेवा प्रदायकको इन्टरनेट सेवासमेत अवरुद्ध हुन थालेको छ ।
सम्झौता अनुसार विजुलीको पोलको भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केवल टेलिभिजन सेवा प्रदायकको तार काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
शनिबार भरतपुरको बसेनी सवस्टेशन अगाडि, विद्युत प्राधिकरण अगाडि र सडक डिभिजन कार्यालय अगाडि इन्टरनेटको तार काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले जानकारी दिनुभयो ।
उहाँले अस्पताल र विद्यालय क्षेत्रमा भने तार नकाटेको बताउनु भयो ।
इन्टरनेट कम्पनीहरुले आफू खुसी गरेर हेप्न थालेपछि तार काट्न थालिएको उहाँले बताउनु भयो । उहाँले केही ठाँउमा काटेर भाडा तिर्न ताकेता गरिएको तर, अब भाडा नतिरे यसलाई अभियानका रुपमा अझै कडाइ गरिने बताउनु भयो । भाडा नतिर्नेमा सुविसु, क्लासिकटेक, भायानेट लगायतका छन् ।
प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीको १ करोड रुपियाँ भन्दा बढीको सामान जफत गरिसकेको छ । पैसा नतिरेसम्म सामान फिर्ता नगरिने प्राधिकरणको अडान छ ।
प्राधिकरणले अप्टिकल फाइबरलगायत संरचना प्रयोग गर्ने कम्पनीहरुका लागि बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्मको समय दिएको थियो ।
भरतपुर वितरण केन्द्रले तार काट्ने अभियान सुरु गरेपछि ५० लाख रुपियाँ रकम उठेको जनाएको छ । अझै चार करोड रकम उठ्न बाँकी रहेको केन्द्रका प्रमुख सिंहले बताउनु भयो ।
प्राधिकरणले देशभर प्राधिकरणको संरचना प्रयोग भएको ठाउँ सबैमा तार काटिएको जनाएको छ ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments