थाहानगर/१६ असोज
मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मोक्तानसहित ६ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । 
आर्थिक वर्ष २०७५/०७६ मा युवा क्षमता विकास तालिम र आधारभुत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा काम बाहेक बढी रकम भुक्तानी गरेको उजुरीको आधारमा अख्तियारले कार्वाहीका लागि मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारले कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखा परिक्षक त्रिलोक थापा मगर, सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेललाई "भ्रष्टाचार निवारण ऎन २०५९ को दफा ३ उपदफा १ (घ) बमोजिमको माग दाबीसहित आरोप पत्र पेस गरेको छ ।
आरोप पत्रमा लगाइएको अभियोग अनुसार निजहरुबाट जनही २ लाख ६० हजार ९ सय रुपियाँ बिगो र बिगो बराबरको जरिवाना दाबी गरेको छ । सो दफामा कसुर ठहरिए ६ महिनादेखि १ वर्षसम्म कैद, बिगो र बिगो बराबर जरिवाना हुन सक्ने उल्लेख छ ।
यसैगरी, फिलिंगो मिडियाका संचालक राम कुमार रिजाललाई भ्रष्टाचार निवारण ऎन २०५९ को दफा ८ को उपदफा ४ अनुसार कार्वाहीको माग गरेको छ । सो दफामा कसुरको मात्रा अनुसार २ वर्षसम्म कैद वा बिगो बमोजिम जरिवाना र बिगो समेत जफत गरिने उल्लेख छ । रिजाललाई पनि २ लाख ६० हजार ९ सय रुपियाँ बिगो माग गरेको छ ।

सो आरोप पत्र हिजो विशेष अदालतमा दायर गरेको प्रवक्ता नारायण प्रसाद रिसालले बताउनु भयो । आरोपपत्र दर्ता भएसङ्गै सबै कर्मचारीहरु र गाउँपालिका अध्यक्ष टंक मोक्तान निलम्बनमा पर्नु भएको छ । तस्वीरमा गाउँपालिका अध्यक्ष टंक मोक्तान
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments