Byroad News

Loading...

शनिबार उत्तरी मकवानपुरमा विद्युत अवरुद्ध हुने


शनिबार उत्तरी मकवानपुरमा विद्युत अवरुद्ध हुने

थाहानगर/१५ असोज
नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र अन्तर्गत उत्तरी मकवानपुरमा शनिबार दिनभरी विद्युत अवरुद्ध हुने भएको छ ।

धोसिङ्ग सब–स्टेशनदेखि कुलेखानी ड्याम साइड हुँदै मार्खुसम्मको ११ के.भी. लाइन नियमित मर्मत सम्भारका लागि विद्युत अवरुद्ध गरिन लागेको वितरण केन्द्र पालुङले जनाएको छ । 

लाइन वरपरका रुख र हाँगाबिगा कटान कार्य समेत गरिने हुँदा विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत अवरुद्ध गरिन लागेको हो ।

सो कार्यका लागि थाहा नगरपालिकासहित इन्द्रसरोवर, भिमफेदी र कैलाश गाँउपालिकामा विद्युत अवरुद्ध गरिने छ ।

तस्वीर: फाइल

Comments

KATHMANDU WEATHER