‘लवशेर विष्टलाई एमालेमा आउन अनुरोध गर्छु’: महेश बस्नेत
१३५ सदस्यीय नगर कमिटी गठन (को—को परे कमिटीमा?)
थाहानगर/१३ असोज
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री महेश बस्नेतले रुपचन्द्र विष्टले प्रतिपादन गरेको सिद्धान्त ‘थाहा’को परिभाषा नेकपा एमालेमा मात्रै भेटिने बताउनु हुँदै थाहानगरका मेयर लवशेर विष्टलाई एमालेमा आउनु अनुरोध गर्नु भएको छ ।
एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहानगरको अधिवेशनको उद्घाटन गर्दै बस्नेतले भन्नुभयो, ‘थाहानगरका मेयर लवशेर विष्टज्यूलाई एमालेमा स्वागत गर्न चाहन्छु । तपाई र थाहा आन्दोलनले देखेको सपना एमालेबाट मात्र पूरा हुनेछ ।’ बस्नेतले भन्नुभयो, ‘विष्टजी एमालेमा आउनु भयो भने एमालेलाई थोरै फाइदा हुन्छ, धेरै फाइदा त विष्टजीलाई नै हुनेहो, आउनु भएन भने एमालेलाई थोरै नोक्सान हुने हो, धेरै नोक्सान त विष्टजीलाई नै हुनेहो ।’
समृद्ध नेपाल र समृद्धि नेपालीको सपनालाई कसैले पनि तुहाउन नसक्ने जिकिर गर्दै बस्नेतले अब मुलुकको निकासका लागि छिट्टै निर्वाचनमा जानुको विकल्प नभएको बताउनु भयो ।
कार्यक्रमका एमाले केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश कमिटी सदस्य सुवाषचन्द्र ठकुरी, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष उर्मिला सुनुवार, युथ फोर्स नेपालका केन्द्रीय संयोजक क्षितिज थेवे, एमाले थाहानगरका अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, नगर युवा इन्चार्ज प्रदिप प्रधानलगायतले बोल्नु भएको थियो ।
विभिन्न पार्टी प्रित्याग गरी करिब १ सय ८९ जना एमालेमा प्रवेश गरेका युवाहरुलाई केन्द्रीय नेताहरुले स्वागत गर्नु भएको थियो ।
अधिवेशनले प्रदिप भट्टको अध्यक्षतामा १ सय ३५ सदस्यीय नगर कमिटी गठन गरेको छ । कमिटीको सचिवमा सुमन जंग रायमाझी निर्विरोध छानिएका छन् । यसैगरी, उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष तथा सचिवालय कमिटी पहिलो बैठकबाट निर्वाचित गरिने अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
कमिटीको सदस्यहरुमा रुपेश श्रेष्ठ, अमर स्याङ्तान, पशुपति गोपाली, सुरेश श्रेष्ठ, दिपेन्द्र गोपाली, महेश्वर गोपाली, मोहनदाश प्रधान, सुविन्द्रमान प्रधान, भरतमान श्रेष्ठ, सुनिल प्रधान, किश्वर थोकर, ज्ञानबहादुर थोकर, विशाल थोकर, शुभरत्न थोकर, सुनिल थोकर, रेशम थोकर, लक्ष्मण बलामी, राजुमान गोपाली, इशान भट्ट, राम बलामी, राजन विडारी, किरणकाजी बलामी, बशन्त गोपाली, दिनेश बलामी, आशाकाजी तमाङ, भाइकाजी बलामी, देवेन्द्र बलामी, विष्णुकुमार गोले, समिर तमाङ, ज्ञानेन्द्र बलामी छानिएका छन् ।
यसैगरी, सन्तबहादुर थिङ, बीरबहादुर स्याङ्तान, दिनेश गोले, सरमासिं लामा, रोज स्याङ्तान, विशाल लामा, सुवाष गोले, रामकृष्ण आलेमगर, सञ्जिव लामा, चन्द्रबहादुर बल, देवेन्द्र थोकर, सुमन गोले, सन्तबहादुर थोकर, सुताराम केसी, सिद्धार्थ केसी, सुरज केसी, अमित केसी, गोकर्ण केसी, आयुषजंग कार्की, रोमिस कार्की, मानकुमार बल, विक्रम श्रेष्ठ, श्यामभक्त नापित, प्रमोद श्रेष्ठ, राजन मोक्तान, रामचन्द्र मोक्तान, राजु स्याङ्तान, सुशन कार्की। उकेश श्रेष्ठ, अजयभक्त नापित, गगन श्रेष्ठ छानिएका छन् ।
यसैगरी, कृति थापा, दिलबहादुर पाख्रिन, विष्णुहरि डार्लिङ, रमेश थिङ, सुनिल विष्ट, सञ्जोक कार्की, सुरज विष्ट, बलराम बर्तौला, प्रविण विष्ट, घनश्याम बर्तौला, सञ्जित विष्ट, अभिशेष विडारी, सुविन ढकाल, प्रेम तमाङ, माइकल गोले, श्याम भोम्जन, दिपक भोम्जन, राम वाइबा, रविन्द्र कार्की, प्रविण घलान, राहुल थापा, केवी गोले, सीताराम सापकोटा, लिलाबहादुर थिङ, रामकुमार स्याङ्तान, राजु गुरुङ, तारा गुरुङ, बाबुकाजी स्याङ्तान, शुक्र गुरुङ रहेका छन् ।
यसैगरी, नगर कमिटीमा शरण मोक्तान, सुमन सिकारी, सुरेन्द्र स्याङ्तान, हर्कमान मोक्तान, विक्रम गोले, नवराज मोक्तान, रुपचन्द्र मोक्तान, अमर गोले, विरसिं गोले, राजबहादुर स्याङ्तान, कपिल बस्नेत, बिराजन बस्नेत, अमर बस्नेत, झलक गमाल, मनिष गोपाली, एन.बि. गोपाली, शशीकुमार लामा, राजन बस्नेत, मनोज गमाल, राजन बलामी, बिमल भ्लोन, अनिल घोले र सुनिल गुरुङ रहेका छन् । अन्य १७ जना विभिन्न आरक्षण कोटाबाट मनोनित गरिने अध्यक्ष भट्टले बताउनु भयो ।
१३५ सदस्यीय नगर कमिटी गठन (को—को परे कमिटीमा?)

Comments