काठमाडौं/१२ असोज
परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। कुनै कानुन निर्माण नगरी खड्काले राष्ट्रपति समक्ष शपथ लिएको शपथ असंवैधानिक रहेको दाबी गर्दै अधिवक्ता विशाल न्यौपानेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गर्नु भएको हो ।
अधिवक्ता न्यौपानेले सोमबार नै रिट पेस गरेकोमा मंगलबार दर्ता गरी बुधबार सुनुवाइ हुने पेसी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।
परराष्ट्रमन्त्री खड्काले संविधानको धारा ८० बमोजिम शपथ लिएको भनिएकोमा उक्त धारामा उल्लेख गरिएको "संघीय कानुन बमोजिम" भन्ने व्यवस्थालाई पालना नगरिएको रिटमा जिकिर गरिएको छ।
न्यौपानेको रिटमा कुनैपनि कानुनी व्यवस्था नगरी अथवा कानुनी स्रोतको अभावमा पद तथा गोपनीयताको शपथ गराइएको हुनाले उक्त गैरसंवैधानिक शपथ बदर गरी शपथसम्बन्धी कानुन निर्माण गरी सोही बमोजिम शपथ ग्रहणका लागि आदेश माग गरिएको छ।
मन्त्री खड्काले ०७८ असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिनु भएको थियो ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments