Byroad News

Loading...

मैले एमाले छोडेको छैन: वडाध्यक्ष गुरुङ


मैले एमाले छोडेको छैन: वडाध्यक्ष गुरुङ

नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थाहा नगरपालिका–५ का वडाध्यक्ष बिष्णुबहादुर गुरुङले नेकपा एमाले नछाडेको बताउनु भएको छ ।

थाहा नगरपालिका वडा नम्बर ५ को नलिवनमा १२ असोजमा भएको वडा भेलामा अध्यक्ष गुरुङले आफू भ्रमवश समाजवादीतिर सनाखत गर्न पुगेको बताउदै आफुले कुनै पनि हालतमा एमाले छोड्न नसक्ने बताउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष गुरुङसङ्गै वडा सदस्य उर्मिला विक आउनु भएको थियो । 

एमाले नेतृ वरिना बल, एमाले थाहानगर अध्यक्ष अच्युत्तमप्रसाद ढकाल, सचिब कुमार नेगी, सचिवालय सदस्यहरु लगायतको आतिथ्यता रहेको कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुरुङले आफू एमालेको उमेदवार भएर निर्वाचित भएको र कहिले पनि मतदातालाई धोका दिन नसक्ने बताउनु भयो ।

Comments

KATHMANDU WEATHER