Byroad News

Loading...

राष्ट्रिय युवा संघ नेपालको थाहानगर अधिवेशनको तयारी तीव्र


राष्ट्रिय युवा संघ नेपालको थाहानगर अधिवेशनको तयारी तीव्र

थाहानगर/११ असोज
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल थाहानगर कमिटीको नगर अधिवेशनको तयारी तीव्र पारिएको छ । 

नगर अधिवेशन आयोजक कमिटीका संयोजक प्रदिप भट्टका अनुसार अधिवेशन उद्घाटनका लागि नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेत आउनु हुनेछ । बस्नेतसँगै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा महिला विभाग प्रमुख उर्मिला सुनुवार, एमालेका अन्य केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरुको बाक्लो उपस्थिति रहनेछ । 

अधिवेशनलाई भव्य रुपले सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरि युवाहरु परिचालन गरिएको संयोजक भट्टले जानकारी दिनुभयो । 

जेसीज सभाहलमा हुने अधिवेशनमा थाहानगरका करिब ५ सय युवाहरु सहभागी गराइने नेकपा एमाले थाहानगर कमिटी युवा इन्चार्ज प्रदिप प्रधानले बताउनु भयो । अधिवेशनले नगर कमिटी गठन गर्ने जनाएको छ । 

Comments

KATHMANDU WEATHER