Byroad News

Loading...

पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार


पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

काठमाडौं/११ असोज
पशुपतिनाथ मन्दिर परिसरमा बाबामाथि खुकुरी प्रहार भएको छ । एक अपरिचित व्यक्तिले बाबालाई चरेस दिन भनेको तर बाबाले ‘छैन’ भनेपछि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।

घटनामा संलग्नताको आशंकामा ८ जना पक्राउ परेका छन् । उनीहरु घटनामा संलग्न भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले जानकारी दिनुभयो । उहाँकाअनुसार विश्वरूपमा मन्दिरनजिकै ३५ वर्षीय सन्तोष बाबा शौचालयतर्फ जाँदै गरेको बेलामा खुकुरी प्रहार भएको हो ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट घाइते भएका बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

Comments

KATHMANDU WEATHER