मकवानपुर/११ असोज
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गएको शनिबार मकवानपुरको १० वटै स्थानीय तहमा गाउँ/नगर अधिवेशन सम्पन्न हुुँदै नयाँ नेतृत्व आएको छ ।
जिल्लाको गाउँ/नगर अधिवेशनमा कांग्रेस सभापति शेर बहादुर देउवा समूहका ६ जना र इतरका चार ३ जना र स्वतन्त्र एक जना सभापतिमा निर्वाचित भएका छन् ।
देउवा समूहबाट हेटौंडा उपमहानगरपालिकामा उत्सव इटेनी, मनहरी गाउँपालिकामा प्रकाश बर्तौला, मकवानपुरगढी गाउँपालिकामा राजवीर मोक्तान, कैलाश गाउँपालिकामा राजेन्द्र घिसिङ, बकैया गाउँपालिकामा दिलबहादुर बम्जन र इन्द्रसरोवर गाउँपालिकामा विश्व लामा निर्वाचित हुनु भएको छ ।
यसैगरि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट भीमफेदी गाउँपालिकामा सञ्जीव श्रेष्ठ, बागमती गाउँपालिकामा फणीन्द्र तिमल्सिना र राक्सिराङ गाउँपालिकामा वीरेन्द्र जिम्बा सभापतिमा निर्वाचित हुनु भएको छ । जसमा बकैया र इन्द्रसरोवरको सभापतिमा देउवा समूहका क्रमश: बम्जन र लामा सर्वसम्वत चयन हुनु भएको थियो ।
यता, थाहा नगरपालिकामा पौडेल समूहका प्रमोदकृष्ण जोशी निर्वाचित भएपनि जोशीले स्वीकार्नु भएन ।
थाहाका सभापति जोशीले जिल्ला अधिवेशनमा उम्मेद्वार हेरेर समर्थन गर्न सकिने बताउनु भयो । आफुलाई पौडेल समूहका भनेर भन्ने गरेको बताउँदै उहाँले व्यक्तिगत रुपमा जिल्लाका सबै नेतृत्वहरुसंग सम्बन्ध नजिक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘म कांग्रेसको मान्छे हुँ, कांग्रसको लागि जो उपयुक्त हुन्छ, जो राम्रो देखिन्छ उसैलाई सहयोग गर्ने हो ।’
उहाँले आफु जिल्ला अधिवेशनमा मात्र खुल्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो भन्दा पनि राम्रो मान्छे चाहियो, पार्टी जस्ले हाक्न सक्छ, पार्टीको लागि भोलि जसले समय दिन सक्छ, सबै कुरा दिन सक्छ उसैलाई सहयोग हुन्छ ।’
उहाँले आउँदो ६ महिनामा स्थानीय निर्वाचन आउन लागेको बताउँदै थाहामा कांग्रेसलाई बलियो बनाउने तयारीमा जुटेको समेत बताउनु भयो ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments