Byroad News

Loading...

बाराको बरियारपुर बजारमा आगलागी


बाराको बरियारपुर बजारमा आगलागी

बारा/११ असोज
बाराको महागढीमाई नगरपालिका–१ बरियारपुर बजारमा आगलागी हुँदा २ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ ।

सोमबार बिहान १:२० बजे उपेन्द्र कुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट उपेन्द्र सहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । ३ वटै पसलमा गरी अन्दाजी २ लाख ४० हजार मूल्य बराबरको समान जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।

आगलागीबाट विश्वनाथ कुशवाहाको सागर मोबाइल सेन्टर, जितेन्द्र कुशवाहाको टिभी पसल र उपेन्द्रको घरमा भएका सामग्रीमा क्षति भएको प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER