थाहानगर/१० असोज
नेपाली काङ्ग्रेसको हिजो (शनिबार) राती सम्पन्न अधिवेशनबाट नगर सभापतिमा पराजित भरत गोपालीले आफ्ना मतदातालाई आभार व्यक्त गर्नु भएको छ ।
गोपालीले सामाजिक सञ्जालमार्फत लेख्नु भएको छ, "प्रजातान्त्रिक अभ्यासबाट प्राप्त हुने नतिजालाई सहर्ष स्वीकार गरि बिगतका कमीकमजोरीलाई सच्याउदै भावी योजना निर्माण गर्नु हाम्रो संस्कार हो । म यहि संस्कारलाई अबलम्बन गर्दै बलियो नेपाली काङ्ग्रेस पार्टी निर्माणमा आफूलाई अग्रपंक्तिमा उभ्याएर सधैंव तपाईहरुसङ्गै रहने प्रतिवद्दता व्यक्त गर्दै निर्वाचित सभापति मेरा अनन्य मित्र प्रमोद कृष्ण जोशी र सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्युहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।"
गोपालीको स्टाटसमा कमेन्ट गर्दै काङ्ग्रेस शुभेच्छुक तथा सर्वसाधारणले गोपालीको प्रस्तुतिलाई कदर गरेका छन् । गोपाली शनिबार सम्पन्न अधिवेशनबाट नगर सभापतिमा प्रमोद कृष्ण जोशीसङ्ग २८ मतले पराजित हुनु भएको थियो । जोशीले १०९ मत ल्याई बिजयी हुँदा गोपालीले ८१ मत मात्र पाउनु भएको थियो । अन्य पदाधिकारीहरुमा भने मिश्रित नतिजा आएको थियो ।
यसैगरी दुई उपसभापति पदमा नवराज कार्की १४४ र उद्धव लामिछाने १०२ मत ल्याई विजयी हुनु भएको थियो । अर्का उम्मेदवार सोम प्रसाद गर्तैलाले ८९ मत ल्याई पराजित हुनु भएको थियो ।
यसैगरी दुई सचिव पदका लागि ११२ मत सहित भिमसेन मोक्तान र १०४ मत सहित कर्ण बहादुर गोपाली विजयी हुनु भएको थियो । सचिवमा विर्जुमान थिङले ८४ र शशीकुमार दोङले ५६ मत ल्याई पराजित हुनु भएको थियो ।
सहसचिवमा सत्यदेवी स्याङ्तानले १६५ र सुरेन्द्र श्रेष्ठले ९५ मत सहित निर्वाचित हुनु भएको थियो । रामचन्द्र भोम्जन ४७ र ध्रुव कुमार भट्ट ४६ मत ल्याई पराजित हुनु भएको थियो ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments