थाहानगर/९ असोज
नेपाली काङ्ग्रेस थाहा नगर अधिवेशनमा भएको निर्वाचनमा सभापति पदमा प्रमोद जोशी निर्वाचित हुनु भएको छ । जोशी १०९ मतसहित निर्वाचित हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी भरत गोपालीले ८१ मत पाउनु भएको छ ।
कुल १९४ जनाले मतदान गरेको निर्वाचनमा सभापति पदमा ४ बदर भएको जनाएको छ ।
यसैगरी दुई उपसभापति पदमा नवराज कार्की १४४ र उद्धव लामिछाने १०२ मत ल्याई विजयी हुनु भएको छ । अर्का उम्मेदवार सोम प्रसाद गर्तैलाले ८९ मत ल्याई पराजित हुनु भएको छ ।
यसैगरी दुई सचिव पदका लागि ११२ मत सहित भिमसेन मोक्तान र १०४ मत सहित कर्ण बहादुर गोपाली विजयी हुनु भएको छ । सचिवमा विर्जुमान थिङले ८४ र शशीकुमार दोङले ५६ मत ल्याई पराजित हुनु भएको छ ।
सहसचिवमा सत्यदेवी स्याङ्तानले १६५ र सुरेन्द्र श्रेष्ठले ९५ मत सहित निर्वाचित हुनु भएको छ । रामचन्द्र भोम्जन ४७ र ध्रुव कुमार भट्ट ४६ मत ल्याई पराजित हुनु भएको छ ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments