Byroad News

Loading...

काङ्ग्रेस थाहा अधिवेशन: पदाधिकारीको गणना सकियो, सभापतिको सुरु (को को निर्वाचित भए? तालिका सहित)


काङ्ग्रेस थाहा अधिवेशन: पदाधिकारीको गणना सकियो, सभापतिको सुरु (को को निर्वाचित भए? तालिका सहित)

थाहानगर/९ असोज
नेपाली काङ्ग्रेस थाहा नगर अधिवेशनको पदाधिकारी पदको मत गणना सकिएर अहिले सभापति पदको गणना सुरु भएको छ ।

कुल १९४ जनाले मतदान गरेको निर्वाचनमा दुई उपसभापति पदमा नवराज कार्की १४४ र उद्धव लामिछाने १०२ मत ल्याई विजयी हुनु भएको छ । अर्का उम्मेदवार सोम प्रसाद गर्तैलाले ८९ मत ल्याई पराजित हुनु भएको छ ।

यसैगरी दुई सचिव पदका लागि ११२ मत सहित भिमसेन मोक्तान र १०४ मत सहित कर्ण बहादुर गोपाली विजयी हुनु भएको छ । सचिवमा विर्जुमान थिङले ८४ र शशीकुमार दोङले ५६ मत ल्याई पराजित हुनु भएको छ ।

सहसचिवमा सत्यदेवी स्याङ्तानले १६५ र सुरेन्द्र श्रेष्ठले ९५ मत सहित निर्वाचित हुनु भएको छ । रामचन्द्र भोम्जन ४७ र ध्रुव कुमार भट्ट ४६ मत ल्याई पराजित हुनु भएको छ ।

सभापति पदमा भरत गोपाली र प्रमोद कृष्ण जोशीको प्रतिस्पर्धा छ । 

Comments

KATHMANDU WEATHER